Ramro Patro Ramro Patro
Date Converter Vegetable Rashifal Gold Silver Forex Unicode Widgets Cards
नेपाली समय राती  - २०८३ भाद्र ९ मंगलवार, Aug 25, 2026
- ज्यो. देवमणि बस्याल

आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मान तथा पद पाइएला, धार्मिक तथा सामाजिक कार्यहरु सम्पन्न होलान, धनधान्यको वृद्धि होला, मित्र तथा शुभचिन्तकको सहयोगले काम कार्यमा सफलता होला ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले निकै सताउन सक्छ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
स्वास्थ्यमा सुधार आउनेछ, बैबाहिक तथा भोजमा सहभागी भइएला, कृषि कार्य तथा ब्यबसायबाट निकै लाभ होला, समग्रमा आजको दिन राम्रै मान्नपर्छ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
काम कार्यमा ढिलाई होला, मानसिक अशान्ति तथा फजुल खर्च होला, इस्टमित्रबाट धोका पाइनेछ, अध्ययन अध्यापनमा पनि बाधा आइपर्ला।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
माता तथा मावलितर्फबाट बिशेष सहयोग पाइनेछ, काम कार्यमा सफलता तथा सुख प्राप्त हुनेछ, सामाजिक तथा परोपकार सम्बन्धी कार्यहरु गरिएला।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
आजको दिन अध्ययन अध्यापन तथा धार्मिक कार्यहरु सफल होलान, तर राज्यसम्बन्धी काममा भने केहि प्रतिकुल हुनसक्छ साबधानी अपनाउनुहोला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
शत्रुहरु गुप्तरूपले सक्रिय रहलान, बिनाकारण अपजस पाइएला, मानसिक अशान्ति होला, ब्यर्थ भ्रमण तथा व्यापार ब्यबसायमा नोक्सान होला। आजको दिन चन्द्रमालाई जल चढाउनाले राम्रो हुनेछ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
आजको दिन पत्नी आज्ञाकारी हुनेछिन, दैनिक जीवनका कार्यहरु सुधार हुदै जालान, मनमा शान्ति तथा सुख प्राप्ति होला। आज गरेका कार्यहरु सफल हुनेछन।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
विभिन्न प्रकारका चोटपटक तथा धनको खर्च हुनेछ, मनमा चिन्ता तथा त्रास आदिको सामना गर्नुपर्ला, मित्रबाट बिश्वासघात हुनसक्ला। ओम् नाम शिबाय मन्त्र जप गरेमा आजको दिन शुभ हुनेछ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
शत्रुहरु आफै पाखा लाग्नेछन, भाग्योदयको समय आएको छ, धार्मिक कार्य तथा तिर्थयात्रा गराउला, बैदेसिक मार्ग पनि खुल्ला रहनेछ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
धेरै समयदेखि चलिरहेको मुद्दामामिला आज पुरा हुनेछन, नतिजा पनि आफ्नै पक्षमा रहनेछ, लेनदेन तथा बैदेसिक मामिलाका कार्यहरु विचार पुर्बक गरेमा सफलता हात लाग्नेछ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
गडेबुडेको धन प्राप्त होला, शत्रुहरु नाश हुनेछन, आफ्नो आत्मबल तथा हौसलाले कठिन कार्यहरु सफल होलान। घरमा कुनै धार्मिक कार्य तथा उत्सब होला।
- ज्यो. देवमणि बस्याल

भाद्र महिनाको मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
यस महिनाको सुरुमा अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला, मध्यतिर भने शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले ‘हरु सुखमय रहनेछ। अन्तिम हप्ता भने बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र पनि बलवान् देखिन्छ ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला, यस महिनाको मध्यतिर आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ, खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला र अन्त्यमा आकस्मिक धन लाभ पनि हुनसक्छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन, आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ, कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन्, मान तथा सम्मानमा वृद्धि हुनेछ, मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला, छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले भने सताउन सक्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ,खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला, छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला। ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला, मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ, शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, बिवाह वा पाटिमा सहभागी भइएला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला। तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ । तपाईंको घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ, नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ । बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
रचनात्मक कामतिर मन जानेछ, विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग छ, पठनपाठनमा मन जानेछ, अधुरा काम बन्नाले मन प्रशन्न रहनेछ, धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला। व्यापारिक तथा आर्थिक क्षेत्रमा सुधार होला, शिक्षा क्षेत्रमा प्रगति गरिएला, मनमा सुख सन्तोष प्राप्त होला,दैनिक कार्यहरू सहजै सम्पन्न होलान् ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
बिरोधि तत्वहरु सक्रिय रहलान,नयाँ स्थानको यात्रा नगर्दा राम्रो होला, अनावश्यक खर्चले मनमा अशान्ति होला, आहार बिहारमा बिशेष ध्यान दिनुहोला, पेटमा खराबी आउनसक्छ। तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, मनमा चंचलता आउनेछ, झैझगडा तथा अशान्ति होला, व्यापार व्यवसायमा पनि केही हानी होला, शत्रुपक्ष सबल होलान होशियार रहनुहोला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
दण्ड तथा जरिवाना हुनसक्छ, नगरेको काममा अपयश हुनसक्छ, व्यर्थको भ्रमण होला, बिरोधि तत्वहरु सक्रिय रहलान, मन खिन्न हुनेछ, तपाईंलाई खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक काॠ गरिएला, घर जग्गाको कारोबार हुनसक्छ, पुत्र तथा पौत्रको आगमन हुनसक्छ,शत्रुको नाश होला, राज्यसुख तथा साहसी बनाउला तपाईंको बिद्धताको चौतर्फी प्रशंसा होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
शुभ ग्रहको प्रभावले बन्धनमुक्त, शत्रुमाथि बिजय तथा निचबाट सहयोग प्राप्त होला। स्त्री, पुत्र तथा धन लाभ होला, शत्रुहरु कमजोर हुनेछन् । शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ । अधुरा कामहरू अझै अधुरै रहनेछ, शारीरिक पिडा होला, बिदेश यात्राका अवसरहरु रोकिन सक्छन् ।
- ज्यो. देवमणि बस्याल

२०८२ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
वि.सं. २०८३ साल मेष राशिका लागि मिश्रित परिणाम दिने वर्ष हुनेछ। कार्तिकदेखि माघसम्म बृहस्पतिले राम्रो प्रभाव पार्ने भएकाले सुख, अचानक धनलाभ र कीर्ति बढ्ने सम्भावना छ। तर कार्तिकअघि र माघपछि भने स्वास्थ्यमा समस्या, डर र अनावश्यक खर्चले हैरान पार्न सक्छ। शनि साढेसाती र मंसिरपछि राहुको अशुभ प्रभावका कारण झुटा आरोप, मानसिक अशान्ति, आफन्तसँग वैमनस्य र सरकारी मामिलामा फस्ने जोखिम रहन्छ। मंसिरसम्म राहुले केही राम्रो फल दिन सक्छ, जसले नोकरी वा नयाँ काममा सफलता दिलाउन सक्छ। महिनागत रूपमा हेर्दा वैशाखमा बसाइँसराइ र पारिवारिक सम्पत्तिमा विवाद, जेठमा भय र हानि, असारमा धन प्राप्ति, श्रावणमा स्वास्थ्य तथा सम्मानमा ह्रास, भाद्रमा ऋण बढ्ने, आश्विनमा शत्रु पराजय, कार्तिकमा खर्चिलो यात्रा, मंसिरमा स्वास्थ्य गडबडी, पुसमा अपमान, माघमा काममा प्रगति, फाल्गुनमा धनलाभ र चैतमा केही नोक्सानी हुन सक्छ। यो वर्ष धार्मिक कार्य र तीर्थ भ्रमणमा रुचि बढ्नेछ। विदेशी कामहरू भने अधुरै रहने देखिन्छ। आर्थिक रूपमा असार, असोज, माघ र फाल्गुन महिना अपेक्षाकृत राम्रा हुनेछन्। शनिदेव, राहु र केतुको शान्ति गर्नु लाभदायक हुनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
वृष राशिका लागि यो वर्ष सामान्यतः अनुकूल रहनेछ। बृहस्पतिको शुभ प्रभावले वर्षको सुरुवातमा आर्थिक प्रगति, परिवार वृद्धि र बोल्ने शैलीले काममा सफलता मिल्न सक्छ। असारदेखि कार्तिकसम्म स्वास्थ्य अलि कमजोर रहला तर माघसम्म सवारी वा सम्पत्ति प्राप्तिको योग छ। शनिले पनि राम्रो साथ दिनेछ, जसले आम्दानी बढाउने, नयाँ व्यवसाय सुरु गर्न र सम्मान प्राप्त गर्न मद्दत गर्नेछ। राहु र केतुले वर्षको पहिलो आधामा केही समस्या निम्त्याउन सक्छन् भने दोस्रो आधामा आर्थिक सुधार हुने सम्भावना छ। महिनाहरूमा वैशाखमा धनहानि, जेठमा बसाइँसराइ, असारमा खर्च बढ्ने, श्रावणमा सुख र धनलाभ, भाद्रमा अपमान, असोजमा आर्थिक दबाब, कार्तिकमा शत्रुनाश, मंसिरमा लामो यात्रा र धननाश, पुसमा स्वास्थ्य समस्या, माघमा सम्मानमा ह्रास, फाल्गुनमा सफलता र चैतमा राम्रो आम्दानीको योग देखिन्छ। यो वर्ष वैदेशिक प्रयास र पशुपालनबाट फाइदा हुन सक्छ। पढाइ राम्रो रहनेछ र घरमा शुभ कार्यहरू सम्पन्न हुनेछन्। आर्थिक दृष्टिले साउन, कार्तिक, फाल्गुन र चैत महिना राम्रा रहनेछन्। सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
मिथुन राशिका लागि यो वर्ष औसत फलदायी रहनेछ। बृहस्पतिको प्रभावले पहिलो आधा वर्षमा आर्थिक सुधार र घरमा शुभ काम हुन सक्छ। राहु र केतुले मंसिरसम्म चुनौतीपूर्ण समय दिनेछन् तर त्यसपछि आम्दानीका बाटोहरू खुल्न सक्छन्। शनिका कारण जागिर वा व्यवसायमा धेरै बाधा, बदनामी र प्रतिस्पर्धीहरू बढ्न सक्छन्। महिनागत रूपमा वैशाखमा धन, सम्मान र सुख, जेठमा आफन्तसँग मतभेद र धनहानि, असारमा यात्रा तथा बसाइँसराइ, श्रावणमा हानि र डर, भाद्रमा धनलाभ, आश्विनमा स्वास्थ्य र सम्मानमा समस्या, कार्तिकमा आर्थिक संकट, मंसिरमा शत्रु पराजय, पुसमा खर्चिलो यात्रा, माघमा स्वास्थ्य गडबडी, फाल्गुनमा प्रतिष्ठामा आघात र चैतमा काममा सफलता मिल्ने देखिन्छ। पढाइ पहिलो आधामा राम्रो र दोस्रो आधामा कमजोर रहन सक्छ। व्यापार र पशु व्यवसाय फस्टाउन सक्छ तर विदेशका कामहरू अधुरै रहनेछन्। आर्थिक रूपमा वैशाख, भदौ, मंसिर र चैत महिना राम्रा हुनेछन्। हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
कर्कट राशिका लागि यो वर्ष मध्यम प्रकारको रहनेछ। बृहस्पति सुरुवात र अन्त्यमा कमजोर रहँदा विवाद, ऋण र खर्च बढ्न सक्छ तर बीचको समयमा भने आर्थिक प्रगति, अधुरा काम पूरा र शत्रुमाथि विजय मिल्न सक्छ। शनि, राहु र केतुले स्वास्थ्य समस्या, अत्यधिक खर्च र पारिवारिक कलह निम्त्याउन सक्छन्। महिनाहरूमा वैशाख र जेठमा सुख र काममा सफलता, असारमा शत्रुबाट डर र हानि, साउनमा बसाइँसराइ, भदौमा विवाद र नोक्सानी, असोजमा धन र सम्मान वृद्धि, कार्तिकमा रोग र अपमान, मंसिरमा ऋण र आर्थिक समस्या, पुसमा शत्रुनाश, माघमा यात्रा र खर्च, फाल्गुनमा स्वास्थ्य समस्या र चैतमा नकारात्मक कार्यले गर्दा बदनामी हुन सक्छ। यो वर्ष वैदेशिक क्षेत्र र व्यापारबाट केही लाभ हुन सक्छ। शिक्षा क्षेत्र औसत रहनेछ। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना राम्रा रहनेछन्। सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
सिंह राशिका लागि यो वर्ष सामान्य रहनेछ। विदेशी कामहरूमा सफलता र लाभ मिल्ने सम्भावना छ। पढाइ सुरुमा कम रुचिको र पछिल्लो समयमा राम्रो हुन सक्छ। बृहस्पति, शनि, राहु र केतुको अशुभ प्रभावले स्वास्थ्य, मानसिक तनाव, आरोप र धनहानिको जोखिम रहन्छ। उत्तरार्द्धमा राहु-केतुले केही राहत दिन सक्छन्। महिनागत रूपमा वैशाखमा अपमान, जेठमा सुख र सफलता, असारमा धनलाभ, श्रावणमा हानि, भाद्रमा चिन्ता, आश्विनमा डर, कार्तिकमा गुमेको धन फिर्ता, मंसिरमा रोग र अपमान, पुसमा आर्थिक संकट, माघमा शत्रुनाश, फाल्गुनमा खर्चिलो यात्रा र चैतमा स्वास्थ्य समस्या हुन सक्छ। व्यापार र पशुपालनबाट राम्रो आम्दानी हुन सक्छ। आर्थिक रूपमा जेठ, असार, मंसिर र माघ महिना अनुकूल रहनेछन्। सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
कन्या राशिका लागि यो वर्ष राम्रो रहनेछ। गुरुको विशेष प्रभावले वर्षको सुरुवातमा प्रशस्त धनलाभ, घरमा शुभ कार्य र नयाँ काम सुरु गर्न सकिनेछ। बीचमा भने झमेला, शत्रु र खर्च बढ्न सक्छ। मार्गसम्म राहुले सहयोग गर्दा शत्रुमाथि विजय र आम्दानी बढ्न सक्छ तर त्यसपछि खर्च, स्वास्थ्य समस्या र शत्रु वृद्धि हुन सक्छ। शनिले व्यवसाय र परिवारमा चुनौती दिन सक्छ। महिनाहरूमा वैशाखमा परिवारको स्वास्थ्यमा खर्च, जेठमा अपमान, असार र मंसिरमा सुख र धन, श्रावण र भाद्रमा खर्च र मनमुटाव, असोजमा यात्रा र खर्च, कार्तिकमा धनहानि र बसाइँसराइ, पुसमा रोग, माघमा शत्रु बढ्ने, फाल्गुनमा शत्रुनाश र चैतमा सफलता मिल्ने देखिन्छ। आर्थिक दृष्टिले असार, श्रावण, फाल्गुन र मंसिर महिना राम्रा रहनेछन्। हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्नाले राम्रो हुने छ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तुला राशिका लागि यो वर्ष मिश्रित फलदायी रहन सक्छ। बृहस्पतिको प्रभावले केही समयमा आर्थिक सुधार र पारिवारिक सुख बढ्न सक्छ तर शनि र राहु-केतुले चुनौती पनि दिनेछन्। वर्षको पहिलो भागमा स्वास्थ्य र काममा केही बाधा आउन सक्छ भने दोस्रो भागमा राहत मिल्ने सम्भावना छ। महिनागत रूपमा वैशाखमा सुख र काममा प्रगति, जेठमा खर्च र तनाव, असारमा यात्रा तथा स्थान परिवर्तन, श्रावणमा धन लाभ, भाद्रमा मानहानी, असोजमा आर्थिक समस्या, कार्तिकमा शत्रुनाश, मंसिरमा स्वास्थ्य गडबडी, पुसमा लामो यात्रा, माघमा सफलता, फाल्गुनमा धनहानि र चैतमा सुख वृद्धि हुन सक्छ। यो वर्ष वैदेशिक सम्बन्ध र साझेदारीका कामबाट फाइदा हुन सक्छ। व्यापारमा उतारचढाव रहला तर पढाइ र रचनात्मक क्षेत्र राम्रो रहन सक्छ। आर्थिक दृष्टिले श्रावण, कार्तिक, माघ र चैत महिना अपेक्षाकृत राम्रा हुनेछन्। शनिको शान्ति गर्नु लाभदायक हुन्छ। सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्नाले राम्रो हुने छ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
वृश्चिक राशिका लागि यो वर्ष सामान्यभन्दा अलि चुनौतीपूर्ण रहन सक्छ। बृहस्पति र शनिको संयुक्त प्रभावले स्वास्थ्यमा ध्यान दिनुपर्ने अवस्था आउन सक्छ। वर्षारम्भमा आर्थिक दबाब र पारिवारिक कलह हुन सक्छ तर मध्यदेखि अन्त्यसम्म केही सुधारको योग छ। राहु-केतुले मानसिक अशान्ति र झमेला निम्त्याउन सक्छन्। महिनाहरूमा वैशाखमा विवाद र खर्च, जेठमा स्वास्थ्य समस्या, असारमा धन लाभ, श्रावणमा शत्रुभय, भाद्रमा सुख, असोजमा स्थान परिवर्तन, कार्तिकमा मानहानी, मंसिरमा आर्थिक संकट, पुसमा सफलता, माघमा यात्रा, फाल्गुनमा स्वास्थ्य गडबडी र चैतमा काममा प्रगति हुन सक्छ। यो वर्ष गोप्य काम, अनुसन्धान वा प्राविधिक क्षेत्रबाट लाभ मिल्न सक्छ। विदेशी प्रयासमा सफलता सम्भव छ तर स्वास्थ्य र ऋणबाट सतर्क रहनुहोस्। आर्थिक रूपमा असार, भाद्र, पुस र चैत महिना राम्रा रहन सक्छन्। रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धनु राशिका लागि यो वर्ष राम्रो र प्रगतिशील रहन सक्छ। बृहस्पतिको विशेष प्रभावले ज्ञान, यात्रा र आर्थिक उन्नति बढाउन सक्छ। शनिले पनि स्थिरता दिनेछ जसले गर्दा लामो समयका योजनाहरू सफल हुन सक्छन्। राहुले नयाँ अवसर दिन सक्छ तर केतुले केही बाधा पनि ल्याउन सक्छ। महिनागत रूपमा वैशाखमा धन र सम्मान, जेठमा यात्रा, असारमा सुख, श्रावणमा हानि, भाद्रमा शत्रुनाश, असोजमा खर्च, कार्तिकमा स्वास्थ्य समस्या, मंसिरमा सफलता, पुसमा मान वृद्धि, माघमा धन लाभ, फाल्गुनमा विवाद र चैतमा सुख मिल्ने देखिन्छ। यो वर्ष उच्च शिक्षा, धार्मिक कार्य र विदेश यात्राबाट फाइदा हुन सक्छ। व्यापार विस्तार र नयाँ लगानीका लागि राम्रो समय छ। आर्थिक दृष्टिले वैशाख, श्रावण, मंसिर र माघ महिना अनुकूल रहनेछन्। पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
मकर राशिका लागि यो वर्ष मिश्रित रहनेछ। शनिको प्रभाव बलियो रहँदा मेहनतको राम्रो फल मिल्न सक्छ तर साढेसातीका कारण स्वास्थ्य र पारिवारिक समस्या आउन सक्छ। बृहस्पतिले केही राहत दिन सक्छ। वर्षको दोस्रो आधामा आर्थिक र सामाजिक प्रगति हुने सम्भावना छ। महिनाहरूमा वैशाखमा स्वास्थ्य समस्या, जेठमा धन लाभ, असारमा विवाद, श्रावणमा यात्रा, भाद्रमा सुख, असोजमा हानि, कार्तिकमा शत्रुनाश, मंसिरमा खर्च, पुसमा सफलता, माघमा अपमान, फाल्गुनमा धन प्राप्ति र चैतमा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन सक्छ। यो वर्ष सरकारी वा ठूला संस्थाका कामबाट लाभ हुन सक्छ। स्थिरता र धैर्यता राख्नुहोस्। आर्थिक रूपमा जेठ, भाद्र, पुस र फाल्गुन महिना राम्रा रहन सक्छन्। शनिदेवको उपाय गर्नु राम्रो हुन्छ। कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
कुम्भ राशिका लागि यो वर्ष परिवर्तनशील रहन सक्छ। शनिको प्रभावले जीवनमा नयाँ दिशा दिन सक्छ। बृहस्पतिले आर्थिक र सामाजिक क्षेत्रमा सुधार ल्याउन सक्छ तर राहु-केतुले मानसिक तनाव र अप्रत्याशित घटना निम्त्याउन सक्छन्। महिनागत रूपमा वैशाखमा सुख, जेठमा खर्च, असारमा स्वास्थ्य समस्या, श्रावणमा धन लाभ, भाद्रमा यात्रा, असोजमा शत्रुभय, कार्तिकमा सफलता, मंसिरमा विवाद, पुसमा सम्मान, माघमा हानि, फाल्गुनमा काम बन्ने र चैतमा सुख मिल्ने देखिन्छ। यो वर्ष प्रविधि, सामाजिक कार्य र नयाँ आइडियाबाट फाइदा हुन सक्छ। विदेश वा टाढाको काममा सफलता सम्भव छ। आर्थिक दृष्टिले श्रावण, कार्तिक, पुस र फाल्गुन महिना अनुकूल रहन सक्छन्। कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मीन राशिका लागि यो वर्ष भावनात्मक र आध्यात्मिक रूपमा राम्रो रहन सक्छ। बृहस्पतिको प्रभावले सुख, ज्ञान र धार्मिक कार्यमा रुचि बढाउन सक्छ। शनिले स्वास्थ्य र आर्थिक स्थिरता दिन सक्छ तर राहुले केही भ्रम र झमेला निम्त्याउन सक्छ। महिनाहरूमा वैशाखमा धनहानि, जेठमा सुख, असारमा यात्रा, श्रावणमा स्वास्थ्य समस्या, भाद्रमा लाभ, असोजमा अपमान, कार्तिकमा शत्रुनाश, मंसिरमा खर्च, पुसमा सफलता, माघमा मान वृद्धि, फाल्गुनमा विवाद र चैतमा आर्थिक सुधार हुन सक्छ। यो वर्ष कलात्मक क्षेत्र, सेवा कार्य र तीर्थ भ्रमणबाट सन्तुष्टि मिल्न सक्छ। परिवारमा शुभ कार्य हुन सक्छ। आर्थिक रूपमा जेठ, भाद्र, पुस र चैत महिना राम्रा रहन सक्छन्। पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

Download Ramro Patro on Your Phone!!!
Get it on Google Play Download on the App Store